सर्वप्रथम म र म भन्दा अगाडिको पुस्ताले आफ्नो रगत , पसिना र वलिदानीपुर्ण संघर्षले ०४७ सालका अपुर्णता , विचमा भएका अन्य आन्दोलनहरु र ०६२/६३ को आन्दोलनको वलमा महत्वपूर्ण राजनैतिक र सामाजिक परिवर्तनको मागहरु समेतको अग्रगामी सम्बोधन सहित प्राप्त उपलब्धी संघिय लोकतन्त्रिक गणतन्त्र नेपालको संविधान ११ औ वर्षमा प्रवेश गरेको आजको दिन राष्ट्रिय दिवशको रुपमा समेत सवैमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
अधमरो अवस्थामा कार्यान्वयनमा रहेको नेपालको संविधान २०७२ जारी हुने वेला देखि आजको दिन सम्मका घटनाक्रमहरुका प्रवृत्ति नियाल्ने हो भने।कतिपय एजेण्डाहरु हाम्रा आवश्यकता नहुदा नहुदै जवरजस्त रुपमा समावेश भए भने कतिपय हाम्रा अत्याबश्यक एजेण्डाहरु नराख्न ठुला चलखेल पनि भएका थिए भन्ने गरिएको छ। जे होस स्वदेशी , विदेशी सवै प्रतिक्रियावादी र पुनर्उत्थानवादीहरु अत्यन्त सक्रिय हुदाँ पनि केहि अनावश्यक विषयहरु समेटिए पनि हाम्रो विविधता र मौलिकतामा धेरै असर नपर्ने गरि जनताका ईच्छा र चाहनाको कदर हुने खालको विशिष्टता वोकेको संविधान निर्माण गरि कार्यान्वयन गरिएको एकदशक भएको छ ।
राजनिती र सामाजिक परिवर्तनको यात्रा तय गरिरहदाँ दश वर्ष त्यति धेरै लामो र पर्याप्त अवधि होईन र पनि संविधान कार्यान्वयनका क्रममा उल्लेखनिय सुधारका मार्गहरु देखिएका थिए। कामका दौरानमा काम गर्ने पात्र र प्रवृत्तिका कारण केहि कमि कमजोरी र त्रुटीहरु भएका छन् । जसको फलस्वरुप जनमानसमा असन्तुष्टि र निराशाका वादलहरु मडारिन पुगे र अराजमता वढ्दै जान थाल्यो भने यहि मौकाको फाईदा उठाउदै प्रतिक्रियावादी र पुर्नउत्थानवादीहरुले पठक पटक विविध आवरणमा टाउको उठाउने प्रयास गरिनै रहे ।
संबिधानले लक्ष्य , उद्धेश्य र मार्ग प्रष्ट कोरिरहदाँ पनि स्पष्ट रुपमा कार्यकारीणी निकायमा स्थायित्व स्थापित हुन नसक्दा अस्थिरता वढाउने र त्यसको जगमा स्वार्थको रोटी सेक्न उद्दत कथित गणतन्त्रवादीहरु समेतको सत्ता प्राप्तिको उत्कट चाहनाले संविधान विरोधीहरुलाई प्रत्यक्ष परोक्ष रुपमा सहयोग भै नै रहेको परिस्थितिमा संविधान पुर्णरुपमा सहि दिशामा अगाडि वढ्ने वढाउने,भन्दा सत्ता दिने,दिलाउने खेल वढि हुँदै गयो र अन्ततः संविधान र ब्यवस्था नै धरापमा पुग्ने परिस्थिति वनेको हो कि भन्ने संशय खडा भएको छ ।
मेरो पुस्ताले देखेको सपना र पूरा गर्न साटेका रगत पसिनाको चिरहरण नहोस भन्ने चाहना हामी राख्दछौ । हाम्रो पुस्ताले हामी भन्दा पछाडिको पुस्ताको माग समेत राखेका थियौ र प्रप्ति पनि भएको हो २०७२ को संविधान मार्फत। यसका ब्यवस्था , अधिकार , दायित्व र कर्तब्य लाई अध्ययन गरौ , मनन गरौ । साच्चै अग्रगामी छ कि।छैन?. तर कार्यकारिणी तहमा स्थायित्व नदाँको परिणाम दलाल , नोकरशाही , पुजीवादी र देशी,विदेशी प्रतिक्रियावादी शक्तिहरुले प्रयोगशालाको रुपमा देशलाइ अस्त ब्यस्त वनाउने र अन्तत: देशको अस्तित्व नै समापत पार्ने पो हुन कि भन्ने खतरावाट हाम्रो पुस्ताले नै जोगाउन सक्नु पर्छ राष्ट्र र राष्ट्रियताको सवाललाई ।
हाम्रो पुस्ता पटक पटक संधर्षको मैदानमा जिवन उत्सर्ग गर्न तयार भएर लडेको पुस्ता हो। कोहि सडक संधर्षमा , कोहि शसस्त्र संघर्षमा । तर अन्य अवसर , राजनितिक लाभ वा नेतृत्व तहमा स्थापित हुने अवसर सवै वाट वन्चित हुदाँ वा टाढा हुदाँ पनि सदैव सामाजिक परिवर्तन र राजनितिक जागरणलाई आफ्नो मुख्य दायित्वको रुपमा मानेर निरन्तर क्रियाशिल रहदै आएको छ ।
हामीलाई प्रष्ट थाहा छ अनुभव , त्याग , वलिदान , सम्मान र आदर स्वरुप हामीले हामी भन्दा अघिल्लो पुस्तालाई नै अधिकार र अवसर प्रदान गरि नै रह्यौ आजसम्म भने अब भोलि अवसर र।नेतृत्वको लागि पछाडिको पुस्ता तयार भएर आएको छ र हामीले मार्ग प्रसस्त गर्नु जरुरअं छ । तसर्थ म के कुरामा प्रष्ट छु भने मेरो पुस्ताका केही नगण्य वाहेकले आफ्नो लागि केही नलिई सवै सवै त्याग गरेर घर परिवार पेशा ब्यवसाय केहिको पर्वाह नगरि देश जनता र जनजिविकाको महान अभियानमा आफुलाई सम्मिलन गरेका छन । म र मेरो पुस्ताको त्याग र वलिदानको उपलब्धि अरुको आखामा विझेको छ , वचाउनु पर्छ । यसका कमी कमजोरी हटाउने सार्थक कार्य गरौ , विधि सम्मत परिमार्जनका वाटा खोजौ , राष्ट्र र राष्ट्रियता को रक्षा गर्न एकतावद्ध भएर अगाडि वढौ ।
यो भन्दा समुन्नत ब्यवस्था "समाजवाद" आउने गरि आन्दोलन गर्ने चेतना र परिस्थिति विकसित पक्कै भएको छैन नेपाली समाजको। यहि संघिय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्था भएको नेपालको संविधान २०७२ लाई जीवन प्रदान गररू सफल र अग्रगामी राष्ट्रको परिचय विश्व माझँ वनाउन सफल वनौ। हाम्रो पुस्ता अझै एकपटक संघर्ष गर्न परे पनि तयार छ स्वार्थ रहित देश र जनताको पक्षमा ।
"नेपाली हामी रहौला कहाँ नेपालै नरहे"
संविधान दिवशको शुभकामना
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२ २२:०१