काठमाडौ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा शनिबारदेखि सास्कृतिक सप्ताह सुरु भाएको छ् ।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, नेपालका लागि चीनका राजदूत छन सोङ र सिजाङ अन्तर्राष्ट्रिय सांस्कृतकि सङ्घका उपाध्यक्ष लो च्युनले सास्कृतिक सप्ताहको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
सिजाङ मिडिया ग्रुपद्वारा आयोजित सास्कृतिक सप्ताह उद्घाटन गर्दै उपाध्यक्ष घिमिरेले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाइ जनस्तरीय मैत्रीलाई प्रगाढ बनाउन कार्यक्रमको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदूत छन सोङले चीन जनताको आकांक्षाअनुरुप आर्थिक विकास, सामाजिक सद्भाव, पर्यटन पव्रद्धन, भौतिक पूर्वाधार निर्माण, यातायात सञ्जाल बिस्तार, सूचना प्रविधिको विकासलाई तीव्रता दिँदै आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको बताउनुभयो ।
कार्यक्रमको आयोजक सिजाङ अन्तर्राष्ट्रिय सांस्कृतिक सङ्घका उपाध्यक्ष लो च्युनले नेपाल र चीनबीच झण्डै दुई हजार वर्षदेखिको सांस्कृतिक सम्बन्ध सरकारीस्तरका साथै जनस्तरमा पनि झाङ्गिदै गएको बताए। दुई देशबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य जनहितका क्षेत्रमा भएका कामले आपसी सम्बन्धलाई अझ बिस्तार गरेको पनि राजदुत सङले बाताउनुभयो ।
विविध सांस्कृतिक कार्यक्रमका साथै सिजाङ क्षेत्रको भौगोलिक विविधता, रहनसहन, कला संस्कृति, वेशभूषा, पूर्वाधार निर्माणलगायत सिजाङसँग सम्बन्धित तस्बिर प्रदर्शन गरिएको थियो ।