काठमाडौँ । पाटनलाई हस्तकलाको राजधानीको रुपमा चिनाउने अभियानलाई व्यापक बनाउने ध्येयले लाग्नुभएका पाटनका रविन्द्र शाक्य हस्तकला महासंघको अध्यक्ष निर्वाचित हुनुभएको छ । महासंघको पौष २६ र २७ गते सम्पन्न ४४औँ वार्षिक साधारण सभाबाट शाक्य नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
हस्तकला उद्योग, व्यवसाय र निकासी प्रबद्र्धनका साथै यस क्षेत्रमा संलग्न उद्यमी, ब्यवसायी, कलाकार, कालिगढहरुको हित प्रबद्र्धन गर्ने उद्देश्यले स्थापित नेपाल हस्तकला महासंघको बरिष्ठ उपाध्यक्षमा राजमान बज्राचार्य तथा उपाध्यक्षहरुमा मलिका श्रेष्ठ (जिल्ला र प्रदेश हस्तकला संघ), श्रीकृष्ण प्रजापति (वस्तुगत संघ) सबिता महर्जन (उद्योग), प्रताप शाक्य (वाणिज्य), नबिन शाक्य (व्यक्तिगत), किरण कुमार स्थापित (एसोसिएट) निर्वाचित हुनुभएको छ ।
यस्तै कार्यसमितितर्फ जिल्ला र प्रदेश हस्तकला संघबाट मातृकादेवी प्रसाई र रमेश राज बज्राचार्य, वस्तुगत संघबाट उपेन्द्र बाराही र धन प्रसाद लामिछाने निर्वाचित हुनुभएको छ । यस्तै उद्योगतर्फबाट अमूल्यदेवी शाक्य, राजिब शाक्य, विक्रम सिंह महर्जन र वाणिज्यतर्फबाट अवनीश प्रधानाङ्ग, प्रविन बहादुर शाक्य र मिलनवीर मालाकार निर्वाचित हुनुभएको छ ।
यस्तै व्यक्तिगततर्फबाट उदिप शाक्य, विकास शाक्य, माणिकमान शाक्य, सुजनरत्न शाक्य तथा एसोसिएटतर्फबाट दिपेन्द्र शाक्य सदस्य निर्वाचित हुनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१ १८:२७